logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

‘आइएमई पे’ बन्यो पिसिआई डीएसएस ४.० प्राप्त गर्ने नेपालकै पहिलो संस्था

‘आइएमई पे’ बन्यो पिसिआई डीएसएस ४.० प्राप्त गर्ने नेपालकै पहिलो संस्था


  • बिहिबार, साउन २४ २०८१

  • काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे”ले ‘सिसा पिसिआई डीएसएस-४.०”  प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पिसिआई डीएसएस 4.0 प्राप्त गर्ने संस्था हुनुको साथै  सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तिय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीले जनाएको छ ।

    आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरु पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नवीकरण गरिने जनाइएको छ। यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुर्‍याएर नवीकरण गरेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय