logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

रौतहटमा नक्कली प्रहरी पक्राउ

रौतहटमा नक्कली प्रहरी पक्राउ


  • बिहिबार, साउन २४ २०८१

  • काठमाडौँ । रौतहटमा एक जना नक्कली प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय माधवनारयण नगरपालिका १ का २४ वर्षीय रमेश साह रहेका छन् । उनलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ । उनीमाथि (सार्वजनिक अपराध) अभद्र व्यवहार मुदुदा दायर गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।

    गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत ड्डमरिया बजारमा गत मंगलबार राती ११ बजे आरोपी रमेशले आफू सादा पोसाकको घुमुवा प्रहरी हूँ भन्दै केही मानिसको जिउको खानतलासी गर्ने र पैसा असुल गर्ने योजना बनाएको भनी इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरमा सूचना आएको प्रहरीले जनाएको छ ।

    सोही सूचनाका आधारमा साहलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।  आरोपी साह इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय