logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पर्साबाट सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको साढे १२ लाख रुपैयाँसहित दुई जना पक्राउ

पर्साबाट सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको साढे १२ लाख रुपैयाँसहित दुई जना पक्राउ


  • बुधबार, साउन २३ २०८१

  • काठमाडौँ । सशस्त्र प्रहरी बल पर्साले स्रोत नखुलेको १२ लाखभन्दा बढी रुपैयाँसहित दुई जनलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा सशस्त्र प्रहरी बलले नेपाल–भारतको नाकाबाट स्रोत नखुलेको १२ लाख ५० हजार नगदसहित दुई जनालाई पक्राउ गरेको जनाएको हो ।

    पक्राउ पर्नेहरूमा बारा प्रसौनी गाउँपालिका ५ घर भएका विकास कुमार र भारतको रक्सौल बस्ने श्यामकुमार महतो रहेका छन् । महानगरपालिका वडा नं. २५ सिर्सिया स्थित नेपाल–भारत नाकाबाट जाँचका क्रममा दुबै जनालाई पक्राउ गरिएको ड्राइपोर्ट सशस्त्र प्रहरीको बेस क्याम्पका प्रहरी निरीक्षक विपिन खनालले बताए ।

    सशस्त्र प्रहरीले उनीहरूको साथबाट ना ३५ प ६७१६ र भारतीय बीआर ०५ एए ०९०६ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जानकारी दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय