logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कञ्चनपुरमा नरभक्षी बाघ नियन्त्रणमा

कञ्चनपुरमा नरभक्षी बाघ नियन्त्रणमा


  • शुक्रबार, साउन १८ २०८१

  • काठमाडौँ । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । बुधबारदेखि कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको बाघलाई आज बिहान बेहोस गर्ने इन्जेक्सन (डार्ट) गरी नियन्त्रणमा लिइएको हो ।

    नेपाल आर्मीका मेजर नवीन बोहराका अनुसार नियन्त्रणमा लिइएको उक्त बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिएको छ । बिहीबार मात्रै सो बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका –२ की २३ वर्षीय हिरा शाहको मृत्यु भएको थियो । धान खेतमा काम गरिरहेकी उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय