logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बालिकालाई जबरजस्ती गरेको अभियोगमा तीन जना पक्राउ

बालिकालाई जबरजस्ती गरेको अभियोगमा तीन जना पक्राउ


  • बुधबार, साउन १६ २०८१

  • काठमाडौँ ।  १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका–१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् ।

    उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका–१ चौरजहारी बजारस्थित होटेलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय