logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु


  • मंगलबार, साउन १५ २०८१

  • काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार एक बजेछि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिका बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने छन् ।

     यसअघिका चार दिनसम्म बैठक छलफल हुँदा नेताहरूले अहिलेको अवस्थामा विचारको विकास र र पार्टी निर्माणबारे नेताहरूले आ–आफ्ना विचार राखेका थिए । खासगरी सत्ताबाट हट्नुका कारण, पछिल्लो राजनीतिक स्थिति र भावी रणनीतिबारे नेताहरूले धारणा राख्दै नेतृत्वमाथि प्रश्न राखेका थिए ।

    आजको बैठकमा प्रचण्डले उठेका सोही प्रश्नको जवाफ दिने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । साथै बैठकले आगामी योजनाको प्रारूप तयारी गरी स्थायी समिति बैठक बोलाउन सक्ने उनले बताए । पदाधिकारी बैठक आजै सकिने बताइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय