logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

अमुक पार्टीले संविधान संशोधन गरे प्रतिरोध गर्छौ : मोदी

अमुक पार्टीले संविधान संशोधन गरे प्रतिरोध गर्छौ : मोदी


  • सोमबार, साउन १४ २०८१

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कुनै अमुक पार्टीले संविधान संशोधन गरे प्रतिरोध गर्ने चेतावनी दिएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मोदीले सत्तारुढ दल र तिनका नेताहरूले अहिले संविधान संशोधनको कुरा गरिरहेको भन्दै त्यसरी हुने संशोधनको प्रतिकार गर्ने बताएका हुन् ।

    ‘यो देशको संविधान त्यसै बनेको होइन । धेरै ठुलो संघर्ष, त्याग र बलिदानबाट यो संविधान बनेको हो’, उनले भने, ‘यस्तो संविधानलाई कुनै पार्टी या अमुक दलहरूले संशोधन गर्छ भने त्यसको प्रतिरोध हामीले गर्छौ ।’

    उनले जनताको इच्छा र चाहानालाई मार्न नपाइने भन्दै  । नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार सुशासन र विकास भन्दा पनि भ्रष्टाचारको ढाकछोप गर्न बनेको उनले आरोप लगाए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय