logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भगीरथ र सुनिताको तिजको कोसेली ‘गुलेलीले जुरेलीलाई’ सार्वजनिक

भगीरथ र सुनिताको तिजको कोसेली ‘गुलेलीले जुरेलीलाई’ सार्वजनिक


  • शुक्रबार, साउन ११ २०८१

  • काठमाडौँ । तिज नजिकिँदै गर्दा तिज लक्षित गीत भित्रिने क्रम बढ्दो छ । यस्तैमा आगामी तिजलाई लक्षित गर्दै गायक भगीरथ चलाउने गीत ‘गुलेलीले जुरेलीलाई’ ल्याएका छन् । लोकदोहोरी शैलीमा तयार गीतमा भगीरथलाई गायनमा गायिका सुनिता बुढा क्षेत्रीले साथ दिएकी छन् ।

    गायक भगीरथकै शब्द तथा संगीत रहेको गीतमा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा गायक भगीरथ र मोडल अनिसा ओलीको अभिनय देख्न सकिन्छ । थुप्रै कोरस डान्सर समेत प्रयोग गरिएको भिडियो आकर्षक बनेको छ । गलबन्दी प्रोडक्सनले निर्माण गरेको भिडियोमा बुद्ध थापाको छायांकन, प्रविन भट्टको सम्पादन छ । भिडियोका निर्देशक सुनिल बिक हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय