logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गिरीको राजीनामापछि प्रमुख सचेतक र सचेतकको भूमिका निष्क्रिय

गिरीको राजीनामापछि प्रमुख सचेतक र सचेतकको भूमिका निष्क्रिय


  • बुधबार, साउन ९ २०८१

  • काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले दलको नेताबाट राजीनामा दिएपछि  प्रमुख सचेतक तुलसी प्रसाद चौधरी र सचेतक रेखा कुमारी शर्माको भूमिका निष्क्रिय भएको छ । मुख्यमन्त्री  नियुक्तिमा हस्तक्षेप गरेपछि  गिरीले  राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका थिए ।

    एमाले प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले संसदीय दलको नेताले राजीनामा दिएपछि आफूहरू निष्क्रिय भएको बताए ।  उनले भने, ‘हामीलाई नियुक्त लीला गिरीले गरेको हो । संसदीय दलको नेता नै गएपछि प्रमुख सचेतक र सचेतक पद निष्क्रिय हुने हो ।  यसमा हामीले चाहिँ राजीनामा दिनुपर्ने छैन ।’

    गिरिले मुख्यमन्त्री नियुक्तिमा संसदीय विधि, पद्धति भन्दा बाहिर गएर निर्णय गरेको भन्दै संसदीय दलको नेताबाट राजीनामा दिएको हुन् । एमालेले संसदीय दलका नेता गिरीलाई लुम्बिनीको मुख्यमन्त्री नबनाई उपनेता चेतनारायण आचार्यलाई बनाएको छ । आचार्यले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय