logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने युवक पक्राउ

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने युवक पक्राउ


  • मंगलबार, साउन ८ २०८१

  • काठमाडौँ ।  नाबालिकालाई सामाजिक सञ्जाल फेसबुकमा साथी बनाई अश्लील फोटो तथा भिडियो पठाएर सोही अनुरूपको क्रियाकलाप गर्न दबाब दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आफूले भनेको नमाने सामाजिक सञ्जालबाट तस्बिर सार्वजनिक गरी दिन्छु भनी  चरित्र हत्या गरेको भन्दै पीडित नाबालिकाकी आमाले साइबर ब्युरोमा निवेदन दिएपछि उनी पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई हाल काठमाडौँ– २८ बागबजार बस्ने जेएच अजवान रहेका छन् ।  निजलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट दिन पाँच  म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक दीपक राज अवस्थीले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय