logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

डिजिटल मनी ट्रान्सफर एप फोनमनीले ल्यायो एक करोड कोरियन वोन जित्ने योजना

डिजिटल मनी ट्रान्सफर एप फोनमनीले ल्यायो एक करोड कोरियन वोन जित्ने योजना


  • मंगलबार, साउन ८ २०८१

  • काठमाडौँ ।  दक्षिण कोरियामा रहेका नेपालीहरुका लागि डिजाइन गरिएको डिजिटल मनी ट्रान्सफर एप Fonemoney ले आफ्नो नयाँ योजना “फोनमनी साथमा, १ करोड हातमा” सुरु गरेको छ। यो योजना २१ जुलाई २०२४ बाट सुरु भएर १ जनवरी २०२५ सम्म चल्ने कम्पनीले जनाएको छ ।  कोरियामा कार्यरत र बसोबास गर्ने नेपालीहरूले Fonemoney एप मार्फत नेपालमा पैसा पठाएर यस योजनामा सहभागी हुन सक्नेछन्।

    यो योजना अवधिमा सहभागीहरूले हरेक हप्ता आफ्नो पठाएको रकम दोब्बर गर्ने मौका पाउनेछन्। साथै, योजनाको अन्त्यमा, एक भाग्यशाली विजेताले १ करोड कोरियन वन (Won) (करिब १० लाख नेपाली रुपैयाँ) को बम्पर पुरस्कार जित्न सक्ने कम्पनीको भनाइ छ ।

    Fonemoney का मार्केटिङ म्यानेजर राजन अधिकारीले भने, “हामी कोरियामा रहेका नेपाली समुदायलाई भरपर्दो, किफायती र पुरस्कारदायी तरिकाले पैसा पठाउन सहयोग गर्न प्रतिबद्ध छौं। ‘Fonemoney साथमा, १ करोड हातमा’ हाम्रो प्रयोगकर्ताहरूलाई धन्यवाद दिन र उनीहरूको वित्तीय लेनदेनलाई अझै पुरस्कारदायी बनाउनको लागि हाम्रो प्रयास हो।”


    सम्बन्धित समाचार थप

    लोकप्रिय