logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय


  • सोमबार, साउन ७ २०८१

  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगको लाइन जोड्ने निर्णय गरेको छ । विद्युत् नियमन आयोगबाट आइतबार साँझ लिखित निर्देशन आएपछि प्राधिकरण सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगमा विद्युत् जोड्ने निर्णय गरेको हो ।

    नियमन आयोगले २०८० मा जारी निर्देशिकालाई देखाउँदै विद्युत् जोड्न निर्देशन दिएको थियो । ‘विद्युत् उपभोक्ता हित संरक्षण सम्बन्धी निर्देशिका, २०८०’को दफा १३ को उपदफा १० मा यो व्यवस्था रहेको आयोगले बताएको छ । यही बमोजिम लाइन तत्काल जोड्न निर्देशन दिएको थियो ।

    प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विवादपछि धमाधम उद्योगहरूको लाइन काट्दै आएको थियो । लामो समयदेखि उद्योग र प्राधिकरणको विवाद नयाँ सरकार गठनपछि नयाँ मोड लिँदै गइरहेको छ । सरकारले प्राधिकरण र नेतृत्व घिसिङलाई पेल्ने नीति अवलम्बन गर्दै आइरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय