logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

राष्ट्रिय परिचयपत्रको व्यवस्था हटाउन रघुजी पन्तको माग

राष्ट्रिय परिचयपत्रको व्यवस्था हटाउन रघुजी पन्तको माग


  • आइतबार, साउन ६ २०८१

  • काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रिय परिचयपत्रको व्यवस्था हटाउन माग गरेका छन् ।  आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले  ६०, ६५ वर्ष नाघेका व्यक्तिहरूलाई राष्ट्रिय परिचयपत्र दिइराख्नुपर्ने अवस्था नभएको भन्दै जसको आयु लामो छ उनीहरूलाई मात्र दिने व्यवस्था गर्न माग गरे ।

    ‘जसलाई बृद्ध भत्ता मात्र लिनु छ भने ती मान्छेहरूलाई राष्ट्रिय परिचयपत्र दिन किन जोड गर्नुपर्‍यो ?’, पन्तको प्रश्न छ । उनले परिचयपत्रका कारण धेरै अप्ठेरो भएको भनेर गुनासो आएको भन्दै गृह मन्त्रालयले सच्चाएको निर्णय नपुगेको भन्दै राष्ट्रिय परिचयपत्र हटाउन माग गर्दै ७० वर्षमाथिका मानिसलाई परिचय पत्र आवश्यक नभएको दाबी गरे ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय