logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

महिला एसिया कप आज नेपालले पाकिस्तानको र युएईले भारतको सामना गर्ने

महिला एसिया कप आज नेपालले पाकिस्तानको र युएईले भारतको सामना गर्ने


  • आइतबार, साउन ६ २०८१

  • काठमाडौँ । श्रीलङ्कामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ ।

    नेपाल र पाकिस्तानबिचको खेल श्रीलङ्काको डम्बुला मैदानमा आज साँझ ७ः१५ बजे सुरु हुनेछ ।

    नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वविरुद्ध मैदानमा हुनेछ । पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ।

    नेपालले प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचित प्रतिस्पर्धी युएईलाई ६ विकेटले हराउँदै एसिया कपमा पहिलो ऐतिहासिक जित निकालेको थियो ।

    आजै हुने समूह ‘ए’ को अर्को खेलमा युएईले भारतको सामना गर्दै छ । भारत लगातार जित निकाल्दै अघिल्लो चरणको ढोका खोल्न चाहन्छ भने युएई पहिलो जितको खोजीमा हुनेछ । यो खेल आज दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

    प्रतियोगितामा आठ टोली सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै युएई छ । त्यस्तै, समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय