logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ढिस्कोमा पुरिएर मुस्ताङमा दुई मजदुरको मृत्यु

ढिस्कोमा पुरिएर मुस्ताङमा दुई मजदुरको मृत्यु


  • शुक्रबार, साउन ४ २०८१

  • काठमाडौँ ।  मुस्ताङमा ढिस्कोले पुरिएर २ मजदुरको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका ५ ढुम्बामा गुम्बाको नाला खन्ने क्रममा शुक्रबार अचानक ढिस्को झरेर उनीहरू पुरिएका थिए ।

    मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका १५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका १ घर भएका २३ वर्षकै रवि दर्लामी छन् ।

    उनीहरूको घटनास्थलमै मृत्यु भएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए । दुवै शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पाण्डेले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय