logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य


  • शुक्रबार, साउन ४ २०८१

  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार घटेर तोलामा १ लाख ४७ हजार ५०० रुपैयाँ कायम भएको हो ।

    यस्तै तेजाबी सुन तोलामा १ लाख ४६ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैबीच चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार घटेर १ हजार ८३० रुपैयाँमा कारोबार भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय