logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

१५ औँ महाधिवेशन समयमै हुनेमा डा.कोइराला सशङ्कित

१५ औँ महाधिवेशन समयमै हुनेमा डा.कोइराला सशङ्कित


  • शुक्रबार, साउन ४ २०८१

  • काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरूसँग काठमाडौँमा भेटघाट र छलफल गरेका छन् । कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औँ महाधिवेशन हुनेमा शङ्का उत्पन्न भएको बताए ।

    तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासायी हुने र त्यसको असर आगामी निर्वाचनहरूमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे । महानगरका सभापतिहरूले आफूहरूको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए ।

    भेटघाटमा महानगर सभापतिहरू निलकाजी शाक्य (काठमाडौँ), सुवानन्द धाख्वा(ललितपुर), चित्रसेन अधिकारी (भरतपुर) दीपक चापागाईं (विराटनगर) र मनिन्द्र नेपाली (वीरगन्ज) सहभागी थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय