logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विभिन्न स्थानमा ७ जना मृतावस्थामा फेला

विभिन्न स्थानमा ७ जना मृतावस्थामा फेला


  • मंगलबार, साउन १ २०८१

  • काठमाडौँ । वितेको २४ घण्टामा काठमाडौँसहित देेशका विभिन्न स्थानमा ७ जना मृतावस्थामा फेला परेका छन्  । प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभाको खाँदबारी नगरपालिका-११ लामागाउँ बस्‍ने ७७ वर्षीया बाल कुमारी गुरूङ आफ्नै घरमा मृतावस्थामा फेला परेकी छिन् ।

    यसैगरी काठमाडौंको किलागलस्थित घरमा भाडामा बस्ने ६७ वर्षीय रामकृष्ण श्रेष्ठ सोही घरको भर्‍याङ चढ्ने सिढी छेउमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौंकै जैसीदेवलस्थित जैसीदेवल मन्दिरको पेटीमा अन्दाजी ६५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

    यसैगरी ताप्लेजुङको मेरिङदेन गाउँपालिका-६ नाम्बुस्थित थाकचुङ बस्ने ४१ वर्षीय समिर नाल्बो सोही ठाउँस्थित फेन्सेलको जंगलमा मृतावस्थामा फेला परेका छन् भने सप्तरीको सुरूङगा नगरपालिका-८ समशेरपुर बस्ने ४५ वर्षीय तेजु चौधरी पनि सोही ठाउँ धांती बजारस्थित बाटोको छेउमा  मृतावस्थामा फेला परेका छन् ।

    यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१६ दरैया बस्ने बाले मण्डलको छोरा ११ वर्षीय पर्शुराम मण्डल सोही महानगरपालिका-१२ दरैयास्थित खाल्डोमा जमेको पानीमा मृतावस्थामा फेला परेका छन् । यसैगरी रूपन्देहीको कोटहिमाई गाउँपालिका-२ भुवरीस्थित तिनाँउ खोलामा करिब २० वर्षीय पुरूष मृतावस्थामा फेला परेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय