logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

दोहोरी गायिका इब्सल बनिन् मोडल

दोहोरी गायिका इब्सल बनिन् मोडल


  • मंगलबार, साउन १ २०८१

  • काठमाडौँ । सुरिलो स्वरका कारण लोकदोहोरीमा पछिल्लो समय चर्चामा रहन सफल गायिका इब्सल सन्ज्याल अभिनयमा पनि देखिन थालेकी छन् । अर्जुन सापकोटा र सुनिता बुढाथोकीको स्वर रहेको ‘आधा मुटु’ बोलको गीतमा बनेको भिडियोमा उनले मोडलिङ गरेकी हुन् ।

    माया, प्रेम, वियोग समेटिएको भिडियो अभिनयमा इब्सललाई गायक अर्जुन सापकोटाले अभिनयमा साथ दिएका छन् । भिडियोमा प्रेमकथा बुनिएको छ । मदन सापकोटाको शब्द, मोहन नेपालीको संगीत, पूर्ण संयोगको एरेन्ज रहेको भिडियोमा रणधिर श्रेष्ठ छायाङ्कन र सम्पादन छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय