logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

नारायणीको किनारमा छैटौँ व्यक्तिको शव फेला

नारायणीको किनारमा छैटौँ व्यक्तिको शव फेला


  • आइतबार, असार ३१ २०८१

  • काठमाडौँ । चितवनको भरतपुर नगरपालिका–२६ स्थित सिसावारमा थप एक जनाको शव भेटिएको छ । नारायणीको किनारमा पुरुषको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले  बताए ।

    शवको पहिचान खुलेको छैन । सशस्त्र प्रहरीको नम्बर–१७ गणबाट खटिएको टोलीले शव फेला पारेर स्थानीय प्रहरीलाई बुझाएको छ । छैटौँ शव सिमलतालबाट बेपत्ता भएको दुई वटा डिलक्स बसको भएको आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए । उनले भने– ‘हामी पहिचान र पुष्टि गर्ने प्रयासमा छौँ ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय