logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ


  • आइतबार, असार ३१ २०८१

  • काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले दुई स्थानबाट १४ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका-५ स्थित यातायात कार्यालय नजिक बस्ने ४२ वर्षीय प्रकाश पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पौडेल समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ४ सय ४५ रूपैयाँ र १ सय ६० पत्ती तास सहित पक्राउ गरेको हो । यसैगरी डडेल्धुराको अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने ४० वर्षीय हिक्मत ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा ऐर समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार १ सय ५ रूपैयाँ र १ हजार १ सय ६५ पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय