logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


  • आइतबार, असार ३१ २०८१

  • काठमाडौँ । आज आइतबार सुनको स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर कायम भएको हो ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम छ । ममहासंघका अनुसार आज पनि यही मूल्यमा सुनको कारोबार सुरु भएको हो ।

    महासंघले आज चाँदीको मूल्य भने घटेको जानकारी दिएको छ । गत साता १९ सय रुपैयाँ रहेको चाँदीको मूल्य आज १८ सय ७५ रुपैयाँ कायम छ । यो २५ रुपैयाँको गिरावट हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय