logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विधानसभा उपचुनाव मतगणना: १३ सिटमध्ये एकमा मात्रै भाजपा अगाडि

विधानसभा उपचुनाव मतगणना: १३ सिटमध्ये एकमा मात्रै भाजपा अगाडि


  • शनिबार, असार ३० २०८१

  • नयाँ दिल्ली । सात राज्यका १३ विधानसभा सिटमा भएको उपचुनावपछि मतगणना जारी छ । निर्वाचन आयोगको वेबसाइटका अनुसार मतगणना सुरु भएको करिब ३ घण्टापछि भाजपा एक सिटमा अगाडि छ । यो सिट हिमाचल प्रदेशको हमीरपुर विधानसभा सिट हो।

    यसबाहेक कांग्रेसले ५ र पश्चिम बंगालका सबै ४ सिटमा टीएमसी अगाडि छ । यसैगरी जेडीयू, आम आदमी पार्टी र डीएमके एक–एक सिटमा अगाडि छन् ।

    विधानसभा उपचुनावका लागि मतगणना भइरहेको सिटमध्ये पश्चिम बंगालमा सबैभन्दा बढी ४ सिट छ भने हिमाचल प्रदेशमा ३ र उत्तराखण्डमा २ सिट छन् ।

    यसबाहेक बिहार, तमिलनाडु, मध्य प्रदेश र पञ्जाबको एक–एक विधानसभा सिटका लागि शनिबार बिहान ८ बजेदेखि मतगणना जारी छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय