logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आज गलतलाई गलत भन्न सक्ने, सहीलाई सही भन्न सक्ने जमात देख्दिनँः न्यायाधीश राउत

आज गलतलाई गलत भन्न सक्ने, सहीलाई सही भन्न सक्ने जमात देख्दिनँः न्यायाधीश राउत


  • शनिबार, असार ३० २०८१

  • काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको कार्यक्रममा बोल्दै राउतले न्यायपालिकालाई लयमा फर्काउन राज्यको चौथो अङ्गको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै इतिहासमा सुनौलो अक्षरले लेखिने पनि बताएका हुन् ।

    उनले नेतृत्व भ्रष्ट र घृणित भए सबै ठाउँमा विकृति बढ्दै जाने उल्लेख गर्दै सो समयमा पत्रकारको कलमले समाचार नलेखे मुलुकले ठुलो मूल्य चुकाउने बताए । उनले अहिले सामाजिक सञ्जाल व्यक्तिको चरित्र हत्या गर्ने माध्यम बनेको भन्दै नियमनको आवश्यकता औँल्याए । लोकतन्त्रको मर्म मर्ने गरी अदालती रिपोर्टिङ गर्न नहुने पनि न्यायाधीश राउतको भनाइ छ ।

    उनले भने, ‘आज सामाजिक सञ्जालमा मान्छेलाई खुइल्याउने काम, मान्छेको चरित्र हत्या गर्ने काम पेसा बनेको छ । कसले रोक्छ ? कसरी रोक्ने ? यसमा छलफल हुनुपर्छ । तपाईँहरूको रिपोर्टिङमा तपाईँहरूले हेक्का राख्नुपर्ने कुरा लिबरल डेमोक्रेसीको मान्यताहरु कहिले पनि मर्ने गरी कोर्ट रिपोर्टिङ हुनुहुँदैन । लिबरल डेमोक्रेसीको मूल्य बहुत ठुलो कुरा हो । यो जोगाउन एउटा पत्रकारले हात काटेर दिनुपर्छ । एउटा न्यायाधीशले आफ्नो विवेकलाई कहिल्यै बन्धक राख्नै हुँदैन । त्यसैले आजका दिनमा गलतलाई गलत भन्न सक्ने, सहीलाई सही भन्न सक्ने म आज पनि त्यो जमात देख्दिन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय