logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

अनलाइनमार्फत् ठगी गरेको आरोपमा महिला पक्राउ

अनलाइनमार्फत् ठगी गरेको आरोपमा महिला पक्राउ


  • शनिबार, असार ३० २०८१

  • दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले अनलाइनमार्फत् ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहेकी छन् ।

    निजले तनहुँको व्यास नगरपालिका–१ बस्ने सिर्जना खड्कालाई सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी म्यासेजमार्फत विदेशबाट मोबाइललगायत सामान एयरपोर्टमा आएको छ भनी झुक्याएर रु पाँच लाख ठगी गरेकी थिइन् ।

    पक्राउ परेकी थापा विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय