logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सातामा प्रतितोला २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सातामा प्रतितोला २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य


  • शनिबार, असार ३० २०८१

  • काठमाडौँ । यो साता स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँ बढेर कारोबार रोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा २३ सय रुपैयाँले बढेको हो ।

    महासंघका अनुसार गत साताको शुक्रबार १ लाख ४४ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ७०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा २३ सय रुपैयाँले बढेको हो ।

    यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम छ । यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो ।

    यस्तै यो साता चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १८ सय ७० रुपैयाँ थियो । जुन, यो साता चाँदीको मूल्य तोलामा १९ सय रुपैयाँ कायम छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय