logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

भिजिट भिसामा विदेश पठाउन दबाब दिएको आरोपमा गृह मन्त्रालयका कम्प्युटर अपरेटर पक्राउ

भिजिट भिसामा विदेश पठाउन दबाब दिएको आरोपमा गृह मन्त्रालयका कम्प्युटर अपरेटर पक्राउ


  • बिहिबार, असार २८ २०८१

  • काठमाडौँ । गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिएको आरोपमा गृह मन्त्रालयका कर्मचारी पक्राउ परेका छन् । गृह मन्त्रालयमा कार्यरत कम्प्युटर अपरेटर निर्मल विष्टलाई प्रहरीले पक्राउ गरेको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले  बताए ।

    उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको हिरासतमा राखिएको छ । विष्टले ‘गृहमन्त्री र गृहसचिवसँग कुरा भैसकेको छ’ भन्दै असार २१ मा थाइल्यान्ड जान लागेका २० जनालाई नरोक्न अध्यागमन अधिकृतलाई फोन गरेका थिए । विष्टले अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोन गरेर अनुचित दबाब दिएको आरोप छ ।

    भिजिट भिसामा हिँडेका २० जना थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जिकिर गरेको छ । विष्ट २०७५ देखि कम्प्युटर अपरेटरको रूपमा गृहमा कार्यरत थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय