logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लगनखेलस्थित श्रीराम फार्मेसीका सञ्चालक पक्राउ

लगनखेलस्थित श्रीराम फार्मेसीका सञ्चालक पक्राउ


  • बुधबार, असार २७ २०८१

  • काठमाडौँ । ललितपुरको लगनखेलस्थित श्रीराम फार्मेसीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्चालक लक्ष्मण महर्जन छन् । औषधी व्यवस्था विभागको आग्रहमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले  बताए ।

    औषधि व्यवस्था विभाग बबरमहलबाट खटिएको टोलीले अनुगमन गर्दा सो फार्मेसीमा खरिद गरेको बिल नभएको औषधी भेटिएको थियो । खरिद बिल बिनाको औषधी भेटिएपछि विभागले फार्मेसी सिल गरेको छ । विभागको टोलीले २३० थान बिल नभएको औषधी बरामद गरेको छ । सञ्चालकविरुद्ध विभागले कानुनी कारबाही अघि बढाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय