logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

काठमाडौँ र भक्तपुरबाट धनमाल चोरी

काठमाडौँ र भक्तपुरबाट धनमाल चोरी


  • सोमबार, असार २५ २०८१

  • काठमाडौं । काठमाडौँ र भक्तपुरका दुई स्थानमा चोरी भएका छन् । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-२ डेरा गरी बस्ने पाल्पा घर भएका ४४ वर्षीय जगदिश नेपालको कोठाबाट नगद २२ हजार रूपैयाँ,  सुनका विभिन्न गरगहना समेत गरी अन्दाजी ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

    यसैगरी काठमाडौंको पुराना बानेश्वर स्थित गोमा दाहालको स्नेहा ब्युटी पार्लर पसलबाट पनि नगद ४० हजार रूपैयाँ, सुनका विभिन्न गरगहना, मोबाइल समेत गरी अन्दाजी ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार बेलुकी चोरी भएको छ ।यसैबीच कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जा चाक्लेकुना बस्ने ४० वर्षीया शुसिला पाठकको घरमा पनि चोरी भएको छ ।

    घरबाट करिब साढे ३ तोला  बराबरको सुनका गरगहाना र ५ तोला बराबरको चाँदीको गरगहना आइतबार राति चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय