logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

अनैतिक क्रियाकलापमा संलग्न ४ जना पक्राउ

अनैतिक क्रियाकलापमा संलग्न ४ जना पक्राउ


  • बुधबार, असार २० २०८१

  • काठमाडौँ । कैलालीमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका ७ मनोहरास्थित एक होटेलमा चेकजाँच गर्दा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका १ का ४५ वर्षीय पुरुष, कञ्चनपुरको भिमदत्त नगरपालिका १० का ३२ वर्षीय पुरुष,  बाजुरा जिल्लाका २१ वर्षीय युवती र कैलालीको धनगढी उपमहानगरपालिका १८ बस्ने १८ वर्षीय एक किशोरी रहेका छन् । पक्राउ परेका सबैको नाम र ठेगाना प्रहरीले गोप्य राखेको छ । पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय