logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बाँदर नियन्त्रणको मागसहित किसानद्वारा प्रदर्शन

बाँदर नियन्त्रणको मागसहित किसानद्वारा प्रदर्शन


  • बुधबार, असार २० २०८१

  • काठमाडौँ । बाँदर नियन्त्रणको माग गर्दै रौतहटको गरुडा नगरपालिकाका किसानहरु आन्दोलित भएका छन् । बाँदरले बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणको माग गर्दै किसानले गरुडा बजारको मूल सडकमा प्रदर्शन गरेका हुन् । बाँदर नियन्त्रणका लागि  किसानहरुले मंगलवार गरुडा नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका थिए ।

    स्थानीय नेता दीपक कुमार यादवको नेतृत्वमा भेला भएका किसानहरुले  मेयर कन्थमनी प्रसाद जयसवाललाई ज्ञापनपत्र बुझाएका हुन् । बाँदरले खेतबारीमा फल्दै गरेको मकै लगायतका बालीनाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात समेत नास गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय