logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य


  • बुधबार, असार २० २०८१

  • काठमाडौँ । आज बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा ४०० रुपैयाँले मूल्य बढेर कारोबार सुरु भएको जानकारी दिएको हो । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम थियो ।

    आज ४०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो । यसबाहेक आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १८ सय ५ रुपैयाँ थियो । यो तोलामा २० रुपैयाँको वृद्धि हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय