logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

२९ सय रुपैयाँले घट्यो यो साता सुनको मूल्य

२९ सय रुपैयाँले घट्यो यो साता सुनको मूल्य


  • शनिबार, असार १६ २०८१

  • काठमाडौँ । यो साता स्थानीय बजारमा सुनको मूल्य तोलामा २९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको तुलनामा यो साताको शुक्रबार २९ सय रुपैयाँले मूल्य घटेको हो ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ थियो । यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार १०० रुपैयाँ छ ।

    यो साताको सुरुदेखि नै सुनको मूल्य ओरालो लागेको थियो । आइतबार तोलामा २७ सय रुपैयाँले घटेको थियो । सोमबार ३०० रुपैयाँले बढेको मूल्य मंगलबार सोही कायम रह्यो । यस्तै मंगलबार तोलामा ७०० ले घटेको थियो भने बुधबार र विहीबार पनि मूल्य घटेर कारोबार भएको महासंघले जनाएको छ ।

    यस्तै चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । गत साताको शुक्रबार तोलामा १८ सय ६५ रुपैयाँ थियो । जुन, यो साता तोलामा १७ सय ९० रुपैयाँ कायम छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय