logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अनमोल,आँचल र जसिता स्टारर फिल्म ‘जेरी अनटप’ भ्यालेन्टाइन्स डेमा रिलिज हुने

अनमोल,आँचल र जसिता स्टारर फिल्म ‘जेरी अनटप’ भ्यालेन्टाइन्स डेमा रिलिज हुने


  • शनिबार, असार १६ २०८१

  • काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी अनटप’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म भ्यालेन्टाइन्स डेको अवसरमा फागुन २ गते रिलिज हुने जनाइएको छ ।

    यो फिल्मको शीर्ष भूमिकामा अनमोलसहित जसिता गुरुङ र आँचल शर्मा अनुबन्धित भैसकेका छन् । साउन १ गतेदेखि छायांकन सुरु हुने फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्नेछन् ।

    काठमाडौं, लुक्ला र मुस्ताङमा छायांकनको तयारी छ ।

    निर्माणमा सरोजले दीपक भण्डारी र रोबिन शेरचनसँग सहकार्य गरेका छन् । ‘फर्की फर्की’पछि अनमोल र जसिताबीचको यो अर्को सहकार्य हो । आँचल र अनमोलले पहिलोपटक सहकार्य गर्दैछन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय