logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणः दुई करोडको चेक लिएका बेचन झा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणः दुई करोडको चेक लिएका बेचन झा पक्राउ


  • शनिबार, असार १६ २०८१

  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा प्रहरीले बेचन झालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट बेचन झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएका हुन् ।

    भुटानी शरणार्थी प्रकरणको योजनाकार मध्येका सानु भण्डारीले भनेर आफ्नो नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको रामशरणले बयानमा खुलाएका छन् । केसीका अनुसार २०७८ मङ्सिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि झाले चेक बुझेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय