logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु

ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु


  • शुक्रबार, असार १५ २०८१

  • काठमाडौं । तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्रयाक्टर  रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार दुर्घटनामा मालिका गाउँपालिका–२ का छ वर्षीय शिव विकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउनेबित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।

    दुर्घटनामा ट्याक्टर चालक  गुल्मीको धुर्कोट गाउँपालिक–५ बस्तुका  २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय