logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विनियोजन विधेयक, २०८१ राष्ट्रिय सभामा प्रस्तुत

विनियोजन विधेयक, २०८१ राष्ट्रिय सभामा प्रस्तुत


  • बिहिबार, असार १४ २०८१

  • काठमाडौँ । राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८१ प्रस्तुत भएको छ ।  राष्ट्रिय सभाको बिहीबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक , २०८१ सभा समक्ष प्रस्तुत गरेका हुन् । उनले आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रस्तुत विधेयक पेस गर्नुपरेको बताए ।

    उनले विधेयकले सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरूको निमित्त विनियोजन गर्नसक्ने व्यवस्था गरेको उल्लेख गरे । ‘आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रस्तुत विधेयक पेस गर्नुपरेको हो ।

    प्रस्तुत विधेयकले सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरूको निमित्त विनियोजन गर्नसक्ने व्यवस्था गरेको छ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम १३३ (क) को उपनियम २ बमोजिम विनियोजन विधेयक, २०८१ लाई यस सम्मानित सभा समक्ष प्रस्तुत गर्दछु’, अर्थमन्त्री पुनको भनाइ छ । राष्ट्रिय सभाको अर्को बैठक आजै १५ मिनेटपछि बस्नेगरी स्थगित भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय