logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

सांसद र मन्त्रीहरू ठेकेदार बनिरहेका छन्: तामाङ

सांसद र मन्त्रीहरू ठेकेदार बनिरहेका छन्: तामाङ


  • मंगलबार, असार १२ २०८१

  • काठमाडौँ । बागमती प्रदेशसभा सदस्य एवम् राप्रपा बागमती प्रदेश संसदीय दलका उपनेता गिर बहादुर तामाङले सांसद र मन्त्रीहरू ठेकेदार बनिरहेको बताएका छन् । उनले संसदीय भूमिका छोडेर बजेटको हिसाब किताब र भागबन्डामा केन्द्रित भएको बताए ।

    मंगलबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारको ६ वटा मन्त्रालयको विनियोजन माथि छलफल गर्दै उपनेता तामाङले सांसदहरूले नागरिकलाई डिप्रेसनमा पुग्नेगरी टचर दिइरहेको आरोप लगाए । उनले सांसदहरूलाई सर्कसको जोक्करसँग तुलना समेत गर्न भ्याए । ‘१३ जिल्लाका ११९ वटा पालिका रहेको बागमती प्रदेशमा हाम्रा मन्त्रीहरूले एउटा मात्र वडामा विकास बजेट पठाएका छद्द् । त्यसको लागि धन्यवाद । अहिले सांसद र मन्त्री ठेकेदार बनिरहेको छ ।

    संसदीय भूमिकामा रहने सांसदहरु बजेट कार्यक्रममा मात्र केन्द्रित भएको छ,’ उनले भने, ‘सांसदहरूले बजेट मात्र ध्यान दिएर हुँदैन । नीति कानुन निर्माणमा सांसदको ध्यान दिन जरुरी रहेको छ ।’ उनले बजेट विनियोजनको समयमा भौगोलिक समानुपातिक विषयलाई ध्यान जोड दिनुपर्ने बताए । बजेट विनियोजन र विकास प्रणाली पौराणिक भागबन्डा भन्दा पनि डिजिटल युगको प्रयोगमा अग्रसर हुनुपर्ने उनको भनाइ छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय