logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मुर्राको वीर्य साउनदेखि किसानलाई

मुर्राको वीर्य साउनदेखि किसानलाई


  • सोमबार, असार ११ २०८१

  • काठमाडौँ । पशु चौपायामा नस्ल सुधारका लागि ल्याइएका मुर्रा राँगाको वीर्य आगामी साउनदेखि किसानलाई वितरण गरिने भएको छ । आगामी साउनदेखि भारतबाट ल्याइएका मुर्रा राँगा, अमेरिका र कोरियाबाट ल्याइएका साँढे गरी ६ लाख बढी डोज वीर्य किसानलाई उपलब्ध गराइने छ । 

    पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालय प्रमुख तथा पशु विकास अधिकृत डा.जगदीश पाण्डेयका अनुसार ६ लाख ४० हजार डोज वीर्य उत्पादन भएको छ । ‘आजको कलेक्सन हामीले ऐतिहासिक हो । स्थापना कालदेखि सबैभन्दा बढी वीर्य सङ्कलन गरेका छौँ,’ उनले भने, ‘अझै हामीले दुई पटकसम्म कलेक्सन गर्छौ, साउनदेखि किसानलाई उपलब्ध गराउने छौँ।’ 

    गत ६ लाख १३ हजार डोज वीर्य सङ्कलन गरिएकोमा यो वर्ष हालसम्म ६ लाख ४० हजार डोज वीर्य सङ्कलन भएको छ । १ डोज वीर्य बापत सरकारलाई २५ रुपैयाँ राजस्व बुझाउनु पर्ने उनले बताए । किसानले सरकारी केन्द्रमा नै गएर चौपायालाई कृत्रिम गर्भाधान गराउँदा २५ रुपैयाँ राजस्व तिर्नु पर्ने छ । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय