logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्र ऐरीले क्यानडामा फ्रेन्चाइज क्रिकेट खेल्ने

सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्र ऐरीले क्यानडामा फ्रेन्चाइज क्रिकेट खेल्ने


  • शनिबार, असार ९ २०८१

  • काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन प्रभावशाली खेलाडीले क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका छन् । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले ‘ग्लोबल टी–२० लिग’ खेल्न लागेका हुन् । 

    क्यानडाको ‘ग्लोबल टी–२० लिग’ मा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी एउटै टोलीमा छन् । उनीहरूलाई भ्यानकुभर नाइट्सले आबद्ध गरेको समाचारमा जनाइएको छ । कप्तान रोहित पौडेल भने टोरन्टो नेशल्समा आबद्ध भएका छन् । सन्दीप र दीपेन्द्रले यसअघि पनि क्यानेडाको ‘ग्लोबल टी–२० लिग’ खेलिसकेका छन् । 

    सन् २०२३ को संस्करणमा दीपेन्द्र मोन्ट्रियल टाइडर्समा आबद्ध थिए । त्यो सिजनको उपाधि पनि दीपेन्द्रकै क्लबले जितेको थियो । कप्तान रोहितले भने पहिलो पटक विदेशी फ्रेन्चाइज लिग क्रिकेट खेल्न लागेका हुन् । यो सिजनको ‘ग्लोबल टी–२० लिग’ जुलाई २५ तारिखदेखि सुरु हुनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय