logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कांग्रेसले विरोधगरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

कांग्रेसले विरोधगरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित


  • शुक्रबार, असार ८ २०८१

  • बुटवल । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको १५ औँ बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सरकारले ल्याएको बजेट माथि असहमति जनाउँदै कांग्रेसले शुक्रबार संसद्‌मा विरोध जनाएपछि बैठक आधा घण्टाको लागि स्थगित भएको हो ।

    संसद् बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सङ्घीयता विरोधी बजेट ल्याएको आरोप लगाउँदै सदन अवरुद्ध गर्ने जानकारी दिएका थिए । उनले सरकारले ल्याएको बजेट पक्षपाती भएको आरोप लगाएका थिए ।

    बैठकलाई सम्बोधन गर्दै चौधरीले आफ्नो नेतृत्वको सरकारले राजश्वको अनुमान गलत गरेको स्वीकार्दै वर्तमान सरकारले सोही गल्ती दोहोर्‍याएको दाबी गरेका थिए । कांग्रेसले विरोध गरेपछि सभामुख तुलाराम घर्तीमगरले सरकार र प्रतिपक्ष दलको बिचमा संवादका लागि भन्दै बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय