logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सूचना टाँस गरेर बागमती प्रदेशसभा बैठक स्थगित

सूचना टाँस गरेर बागमती प्रदेशसभा बैठक स्थगित


  • बिहिबार, असार ७ २०८१

  • काठमाडौं ।  बागमती प्रदेशसभा बैठक शुक्रबार बिहान ११ बजे सम्मका लागि स्थगित गरिएको छ । बिहीबार दिउँसो ३ बजे बस्ने तय गरिएको बैठक दलहरू बिच सहमति हुन नसकेपछि सूचना टाँस गरी स्थगित गरिएको हो ।

    बिहीबार बिहान बजेटमाथिको छलफलका लागि बोलाइएको  बैठकमा प्रतिपक्ष दलको अवरोध भएसँगै बैठक ३ बजेका लागि स्थगित गरिएको थियो । बैठक स्थगित गरी दलहरू छलफलमा जुटेका थिए । उक्त बैठकमा सहमति जुट्न नसके पछि प्रदेशसभाको शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्न प्रसाद ढकालले जानकारी दिए ।

    उनका अनुसार प्रदेश सरकारको बजेट सन्तुलित नभएको र दलीय रूपमा बजेटका विषयमा भएका सहमति कार्यान्वयन नभएको भन्दै संसदमा प्रतिपक्ष दलले संसद् चल्न नदिएको हो । बजेटमा भएका असन्तुलन र त्रुटिलाई सच्याउने तथा संसद् सञ्चालनको विषयमा दलका नेताहरू छलफलमा रहेको उनले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय