logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

श्रीमतीको हत्या गर्ने पक्राउ

श्रीमतीको हत्या गर्ने पक्राउ


  • आइतबार, असार ३ २०८१

  • काठमाडौँ । आफ्नै श्रीमती ३६ वर्षीया रूबी यादवको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राज नारायण यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

    राज नारायणले आफ्नै श्रीमतीको हत्या गरी मिथिला नगरपालिका-५ स्थित औरही खोला बाबाको मन्दिर छेउको खोल्सामा फालेको खुल्न आए पश्चात् इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय