logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

सुदूरपश्चिम प्रदेशको बजेट प्रस्तुत गर्दै मन्त्री पाल

सुदूरपश्चिम प्रदेशको बजेट प्रस्तुत गर्दै मन्त्री पाल


  • शनिबार, असार २ २०८१

  • काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रदेश सभामा आगामी आर्थिक वर्षको वार्षिक आय र व्ययको अनुमान प्रस्तुत गरेका हुन् ।

    मन्त्री पालले प्रदेश पूर्वाधार, शिक्षा र स्वास्थ्य तथा प्रदेशस्तरीय आर्थिक विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट बनाएका छन् । यस्तै उनले रोजगारी सृजना र उद्योगधन्दालाई समेत प्राथमिकतामा राखेको जानकारी दिएका छन् ।

    मन्त्री पालले चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र ३ प्रतिशतभन्दा बढीले विस्तार हुने अनुमान रहेको बताए । गत आर्थिक वर्ष प्रदेशको आर्थिक वृद्धिदर १.४२ प्रतिशत थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय