logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

संविधानले सबै समुदायको उत्थानमा जोड दिएको छ : मुख्यमन्त्री महरा

संविधानले सबै समुदायको उत्थानमा जोड दिएको छ : मुख्यमन्त्री महरा


  • शनिबार, असार २ २०८१

  • काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जनजाति, भाषाभाषी, धर्म, संस्कृति तथा समुदायको उत्थान र विकासमा जोड दिएको बताएका छन् ।

    भूमे पर्व (भुम्या पर्व) २०८१ का अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले पर्वले सबै नेपालीमा सकारात्मक सोचको विकास गरी भ्रातृत्व, एकता, सद्भाव र मेलमिलापको वातावरण सृजना एवं देश निर्माणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

    उनले विज्ञप्तिमा परापूर्वकालदेखि प्रकृतिपूजक मगरहरूले मानवीय क्षति नहोस् र प्राकृतिक विपत्ति नआओस् भनी भूमिपूजा अर्थात् प्रकृतिको पूजा गरी भूमे पर्वको सुरुआत गरेको उल्लेख गरे ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय