logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ


  • बिहिबार, जेष्ठ ३१ २०८१

  • काठमाडौं । बर्दिया र ओखलढुंगाबाट जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-१ बिजपुर ममतापुरिया टोल बस्ने ४० वर्षीय राकेश कुमार बन्जारा पक्राय परेका छन् ।

    बन्जाराले ती महिलालाई सोमबार राति पीडितकै कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुर(क)बाट खटिएको प्रहरीले बुधबार राति पक्राउ गरेको हो  । यसैगरी ओखलढुंगामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचथर फाल्गुनन्द गाउँपालिका-४ बस्ने १९ वर्षीय सुजन लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    लिम्बुले ती किशोरीलाई ओखलढुंगा मोलुङ गाउँपालिका-८ बर्खे भन्ने स्थानको जंगलमा मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुबै घटनाका  सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय