logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

वित्तीय संस्थाहरुविरुद्ध आन्दोलनको घोषणा

वित्तीय संस्थाहरुविरुद्ध आन्दोलनको घोषणा


  • बिहिबार, जेष्ठ ३१ २०८१

  • काठमाडौँ । ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल’ले असार १६ गतेदेखि वित्तीय संस्थाहरू विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

    बिहीबार काठमाडौँमा समितिले पत्रकार सम्मेलन गर्दै यस्तो आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । समिति अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त पीडितका माग असार १५ गतेसम्म पूरा नभए १६ गतेदेखि वित्तीय संस्थाहरूको ज्यादती कालोसूची र धितो लिलाम गर्ने गराउने प्रक्रिया रोक्न माग गरे ।

    उनले यी माग सम्बोधन नभए असार १६ गतेदेखि वित्तीय संस्थाहरू विरुद्ध देशव्यापी मसाल जुलुससहित विद्रोहमा जाने चेतावनी दिए । उनले वित्तीय माफियाहरूको विरुद्ध बलिदान दिन समेत तयार रहेको भन्दै विद्रोहमा जाने निर्णय भएको बताए । समितिले शान्तिपूर्ण आन्दोलनलाई कमजोरीका रूपमा नलिन सरकारलाई आग्रह गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय