logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

पुलमा फसेर मरेका खच्चडका मालिकलाई क्षतिपूर्ति दिइयोस् : सांसद राना

पुलमा फसेर मरेका खच्चडका मालिकलाई क्षतिपूर्ति दिइयोस् : सांसद राना


  • बुधबार, जेष्ठ ३० २०८१

  • काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुडिँदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्ति दिन माग गरेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद रानाले क्षतिपूर्तिको माग गरेकी हुन् ।

    पुलको लट्ठा चुडिँदाको दृश्यले सबैको मन रोएको भन्दै उनले खच्चडको मालिकलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था तुरुन्तै गर्न आग्रह गरिन् । जेठ २७ गते पुलको लट्ठा चुडिँदा फसेका १३ वटा खच्चडमध्ये ११ वटाको जीवितै उद्धार भएको थियो भने दुइटाको मृत्यु भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय