logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एक करोडभन्दा बढी मूल्यका सामान चोरी गरेको अभियोगमा दुई जना पक्राउ

एक करोडभन्दा बढी मूल्यका सामान चोरी गरेको अभियोगमा दुई जना पक्राउ


  • मंगलबार, जेष्ठ २९ २०८१

  • काठमाडौँ । एक करोड भन्दा बढी मूल्यका सामानहरू चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२२ घर भई सोही महानगरपालिका-१३ मियापाटन बस्ने २१ वर्षीय नविन नेपाली र सोही महानगरपालिका-४ गैह्रापाटन बस्ने गोरखा घर भएका २९ वर्षीय सुवास थापा मगर रहेका छन् ।

    पोखरा महानगरपालिका-१७ घारिपाटन बस्ने लक्ष्मी कान्त शर्मा र शर्माकै घरमा डेरा गरी बस्ने कृष्णजी पौडेल समेतको कोठाबाट विभिन्न सुनका गरगहना ४२ तोला, मोवाइल, ल्याप्टप, क्यामेरा तथा अन्य सामान र नगद ३ लाख ८० हजार रूपैयाँ गत जेठ ११ गते राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

    दुवै जना अभियुक्त पेशेवर चोर रहेको र यसअघि समेत चोरी मुद्दामा पक्राउ तथा कारवाही भएको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट २४ तोला ८४ लाल बराबरको सुनका विभिन्न गरगहना, मोबाइल २२ थान, क्यामरा ९ थान, ल्यापटप १५ थान, टिभी २ थान, भाँडावर्तन ४६ थान, कफी मेसिन २ थान, नगद ११ हजार ५ सय ६८ रूपैयाँ, घडी ११ थान, ड्रोन क्यामरा २ थान, रेडियो सेट वाकीटकी २ थान, चार्जर २ थान, चोरीमा प्रयोग भएको फलामको रड ३ थान, पेन्चिस २ थान, हेक्सा ब्लेड १ थान, पिलास २ थान, तार काट्ने कटर १ थान र फलामको कुटो १ थान बरामद गरेको छ । उनीहरूलाई चोरी तथा डाँका मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय