logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुनको मूल्य स्थिर, घट्यो चाँदीको

सुनको मूल्य स्थिर, घट्यो चाँदीको


  • मंगलबार, जेष्ठ २९ २०८१

  • काठमाडौँ । नेपाली बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम भएको हो ।

    आइतबार र सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो । त्यसअघि शुक्रबार भने सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ कायम थियो ।यस्तै मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्यचाहिँ केही घटेको छ ।

    सोमबार तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार भने १ हजार ८१५ रुपैयाँमा कारोबार भएको महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा उल्लेख छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय